- क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
- प्रधानमन्त्री खोज्दै संसद : नाराबाजीमा उत्रिए विपक्षी सांसद
- प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुख पुगे सिंहदरबार, सकारात्मक जवाफ पाएनन्
- टाउकोमा दाउ हानेर श्रीमतीको हत्या
- भारतीय अवरोधपछि काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यात ठप्प
बिर्तामोड – व्यापारिक सहर बिर्तामोडको वडा नम्वर ४ को अध्यक्षमा राहुल शर्मा बिजयी भएका छन् । एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका राहुलले नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी कूलप्रसाद संग्रौलालाई हराएका हुन् । राहुलसँगै वडामा एमालेको प्यानल बिजयी भएको छ ।
मतगणनाको अन्त्यतिर अग्रता लिएका राहुलले १८०६ मत प्राप्त गरेका छन् । संग्रौलाले १७२५ मत ल्याएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बिर्तामोड वडा नम्वर–४ बाट सदस्यमा सर्वाधिक १२५३ मत ल्याएर बिजयी भइरहँदा राहुलको चर्चा स्थानीय राजनीतिमा थप चुलिएको थियो ।

जनप्रतिनिधिका रुपमा बिर्तामोड नगरपालिकामा तय भएको राहुलको राजनीतिक यात्रा वडाध्यक्षमा जितेसँगै थप फराकिलो भएको छ । मारवाडी समुदायका ३३ वर्षीय युवा राहुल राजनीतिसँगै व्यवसायमा पनि संलग्न छन् ।

खुल्ला सदस्यमा उमेश राउत, केशवकुमार श्रेष्ठ, महिला सदस्यमा रमादेवी राजवंशी र दलित महिला सदस्यमा निर्मलादेवी सुनार निर्वाचित भएका छन् ।
















