- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
भद्रपुर– आफ्नो वडामा आफैँ जिताउँछु भन्ने नाराका साथ चुनावमा होमिएका मुख्य नेताहरुको गृह वडाको नतिजा लेखाजोखा हुन थालेको छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गृह वडामा एमालेका उम्मेद्वार प्यानलै बिजयी भएका छन् ।
सिटौलाको गृह वडा भद्रपुर नगरपालिकाको वडा नम्वर १० हो । यहाँ नेकपा एमालेका टेकवहादुर खँड्का काजी वडाध्यक्ष पदमा पुनः बिजयी भएका हुन् । उनी १,४८० मतका साथ प्यानलसहित विजयी भएका हुन् ।
बिजयी महिला सदस्य संगीता ढकालले १,४६४, दलित महिला सदस्य कमला आछामीले १,५०३, तुलसी पोख्रेलले १,४८८ र दुर्गाप्रसाद दाहालले १,३०४ मत प्राप्त गरेका छन् ।
तर, सिटौलाको गृहनगर भद्रपुरमा भने नेपाली कांग्रेसले नगरप्रमुख पदमा जितेको छ । प्रमुखमा नेपाली कांग्रेसका गणेश पोखरेल बिजयी भएका छन् ।
उपप्रमुखमा राप्रपाकी राधा कार्की बिजयी भएकी छन् । यसअघि प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले बिजयी भएको थियो । भद्रपुरमा नेकपा एमालेले ठूलो पराजय व्यहोरेको छ ।