- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
झापा– नेकपा एमालेले भद्रपुरमा दुवै पद गुमाएको छ । नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले हारेको हो । बलियो जनाधार भए पनि जनताको विश्वास जित्न नसक्दा एमालेले हार व्यहोर्नु परेको नेता कार्यकर्ता बताउँछन् ।
२०७४ को स्थानीय तहमा एमालेले नगर प्रमुख र उपप्रमुख दुवै पदमा जीत हासिल गरेको थियो । यसपटक आफ्नो विरासत जोगाउन एमाले असफल भएको छ ।
अघिल्लो पटक प्रमुखमा हारेका काङ्ग्रेसका स्थानीय नेता गणेश पोखरेलले यसपटक नगरपालिका हाँक्ने अवसर पाएका छन् । पोखरेल काङ्ग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका प्रिय पात्र हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र असारु राजवंशीलाई हराउँदै पोखरेल नगर प्रमुखमा निर्वाचित भए । उनले १२ हजार ५२५ मत प्राप्त गरेका छन् । राजवंशीले ९ हजार ७५९ मतमा चित्त बुझाउनु परेको छ ।
उपप्रमुखमा भने राप्रपा नेतृ राधा कार्की बिजयी भएकी छन् । गठबन्धनका उमेद्वार शिवकुमार राजभण्डारीलाई हराउँदै कार्कीले सङ्घीय संरचना अनुरुप पहिलो पटक जनप्रतिनिधि बन्ने अवसर पाएकी हुन् ।

राधाले ९ हजार २३० मत ल्याउँदा शिवकुमारले ८ हजार ५३३ मत प्राप्त गरे । उपमेयरमा पराजित शिवकुमार अघिल्लो पटक माओवादी केन्द्रबाट मेयरमा लडेर तेस्रो भएका थिए ।