- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड- नेपाली कांग्रेसले २०४८ सालदेखि आफ्नो पकडमा राखेको झापा बिर्तामोडको वडा नम्वर-३ यसपटक नेकपा एमालेले खोसिदिएको छ ।
३० वर्ष एउटै वडामा हैकम जमाएको कांग्रेसले पाँचदलीय गठबन्धनको सहयोगका बीच आफ्नो विरासत गुमाएको हो । वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।
यसपटक वडा छोडेर उनी मेयरमा चुनाव लड्न तयार भए । विकासका दृष्टिले उल्लेख्य प्रगति गर्न नसकेको उक्त वडाका मतदाताले यसपटक एमालेको नेतृत्व रोजेका हुन् ।
वर्षाैदेखि कांग्रेसलाई मत दिँदै आएका मतदाताले वडाको विकासमा कांग्रेसको नेतृत्व असफल भएको जनाउँदै समयाननुकूल परिवर्तनको पक्षमा आफूहरु उभिने बताउँदै आएका थिए ।

एमालेका तर्फबाट युवा नेता मदन बुढाथोकी अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका छन् । भद्र र शालिन स्वभावका बुढाथोकीलाई मतदाताले कांग्रेसका उमेद्वार प्रेम उप्रेती भन्दा दोब्बर बढी मत दिएर जिताएका हुन् ।
बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा उप्रेतीले भने ११४१ मतमा चित्त बुझाउनु परेको छ । दोब्बर मतको अग्रताले बुढाथोकी बिजयी भएका छन् ।
कांग्रेसको प्रभाव क्षेत्रमा एमालेले पकड जमाइरहँदा वडा सदस्यमा धनसरी राजवंशी, लक्ष्मी रोक्का, भागीमान लिम्बु र हरिप्रसाद बाँस्कोटा बिजयी भएका छन् ।
मेयरमा उठेका सिटौलाले उक्त वडा कांग्रेसको पकड भन्दा बाहिर नजाने र आफूले भनेको सबै मतदाताले मान्ने बताउँदै जीतको सूचीमा राखेर पार्टी पंक्तिलाई व्रिफिङ गरेका थिए ।