- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा : झापाको हल्दीवारी गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा रविन्द्र लिङ्देनले अघिल्लो पटकको निर्वाचनमा भन्दा २ हजार ९ सय १३ मत बढी पाएका छन् । अघिल्लो निर्वाचनमा विजयी हुँदा उनले ३ हजार ९ सय ४३ मत प्राप्त गरेका थिए ।
रविन्द्रले यसपटक मतान्तर पनि बढाएका छन् । अघिल्लो पटक चार सय मतान्तरका साथ विजयी भएका उनी यसपटक २ हजार १ सय ९० मतान्तर बनाउन सफल भएका हुन् ।
हल्दिबारीमा पाँचवटा वडा छन् । तीमध्ये दुईवटा वडामा राप्रपा प्यानलसहित विजयी भएको छ । वडा नम्बर–१ र ४ मा राप्रपाका सम्पूर्ण उम्मेदवार निर्वाचित भएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा राप्रपाले गाउँपालिका अध्यक्ष र एउटा वडाध्यक्ष मात्र जितेको थियो । बाँकी वडाहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले जितेका थिए ।
अल्पमतमा परेका कारण अध्यक्ष रविन्द्रले खुलेर काम गर्न पाएका थिएनन् । यो कुरा राम्रोसँग बुझेका स्थानीय मतदाताले यसपटक भने उनलाई काम गर्न सक्ने गरी मत दिएका छन् ।
राप्रपाले यसपटक गाउँपालिका उपाध्यक्षमा पनि जीत हासिल गरेको छ । उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् ।
उपाध्यक्षमा मैनाली ५०७८ मत ल्याएर बिजयी भएकी हुन् । निकटतम् प्रतिस्पर्धी एमालेकी शान्तादेवी गौतमले ४१०६ मत प्राप्त गरेकी छन् ।