- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
इलाम– इलामको रोङ गाउँपालिकामा नेपाली काङ्ग्रेसका मनिकुमार स्याङबो सुवास अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका हुन् ।
स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीनसय २२ मत पाएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् ।
उनले काङ्ग्रेसकी कल्पनादेवी खनाललाई पराजित गरेकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् ।
भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिष्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काङ्ग्रेसकी चन्द्रकला राईसँग पराजित भएकी थिइन् ।