- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको हल्दीवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ । दलहरु बीचको एकल प्रतिस्पर्धामा राप्रपाले दुबै पदमा बाजी मारेको हो ।
अध्यक्षमा रविन्द्र लिङ्देन बिजयी भएका छन् । उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् । लिङ्देनले नेकपा एमालेका डम्वर गिरीलाई २१९० मतले पराजित गरेका हुन् । गिरी यसअघि गाउँपालिका उपाध्यक्ष थिए ।
लिङ्देनले ६,८५६ मत प्राप्त गरिरहँदा उनका निकटतम् प्रतिद्वन्द्वी गिरीले ४,६६६ मत ल्याएका छन् । उपाध्यक्षमा मैनाली ५०७८ मत ल्याएर बिजयी भएकी हुन् । निकटतम् प्रतिस्पर्धी एमालेकी शान्तादेवी गौतमले ४१०६ मत प्राप्त गरेकी छन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित लिङ्दनेको यो दोस्रो कार्यकाल हो । यसअघि उपाध्यक्ष गुमाएको राप्रपाले यसपटक दुबै पदमा जीत हासिल गरेको छ ।