- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड–कनकाई नगरपालिकाको प्रमुखमा राजेन्द्रकुमार पोखरेल बिजयी भएका छन् । नेपाली काङ्ग्रेसका उमेद्वार रुद्रप्रसाद चिमरियालाई हराउँदै पोखरेल नगर प्रमुखमा निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि एमालेले उनलाई चुनावी मैदानमा उतारेको थियो ।
पोखरेलको विकल्पमा काङ्ग्रेससँगको बलियो प्रतिस्पर्धी उमेद्वार अर्काे हुन नसक्ने निष्कर्षका बीच उनलाई अगाडि सारेर एमाले चुनावी प्रतिस्पर्धामा थियो ।
उमेद्वार चयनको विषयमा काङ्ग्रेसभित्र भाँडभैलो मच्चिएपछि त्यसको परिणाममुखी नतिजा एमालेको पोल्टामा आएको हो ।
पाँच दलीय गठबन्धनका नाममा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र एकातिर उभिरहँदा पोखरेल डटेर त्यसको सामना गर्न तयार भएका थिए ।
काङ्ग्रेसले चिमरियालाई टिकट दिएपछि नगर प्रमुखका अर्का आकांक्षी शेरबहादुर थापा स्वतन्त्रका रुपमा चुनावी मैदानमा उभिँदा कार्यकर्ताको मत बाँडिएको हो ।
पोखरेल ८ हजार ६ सय ७३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी चिमरियाले ६ हजार ६ सय ६१ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार थापाले ५ हजार ६ सय ९१ मतमा चित्त बुझाउनुपरेको छ ।
काङ्ग्रेसका कार्यकर्ताको रोजाई दुईतिर पर्दा त्यसको बलमा एमालेले आफ्नो विजयी यात्रा तय गरेको हो । तर, उपप्रमुखमा भने एमालेले हार व्यहोर्नु परेको छ ।
उपप्रमुखकी प्रत्यासी मञ्जु प्रसाईलाई हराउँदै कांग्रेसकी उमेद्वार आशा शर्मा सिवाकोटी बिजयी भएकी छन् । निर्वाचित सिवाकोटीले १० हजार ७ सय १३ मत प्राप्त गरेकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी प्रसाईले ८ हजार ८ सय ४५ मत पाएकी छन् ।