- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड–झापाको बिर्तामोड वडा नम्वर–२ मा नेपाली काङ्ग्रेस तेस्रो भएको छ । नेकपा एमालेविरुद्धको मोर्चाबन्दीमा नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय राजनीतिक शक्तिको साथ लिएको काङ्ग्रेस राप्रपासँग पनि प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको हो ।
वडा नम्वर–२ मा एमालेका किशोर पौडेल राप्रपा उमेद्वार शंकर रिजाललाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । पाँच दलीय समर्थनमा उभिएको काङ्ग्रेस भने राप्रपा भन्दा १३२ मतले कमजोर देखिएको छ । वडाध्यक्षका काङ्ग्रेस प्रत्यासी धर्म लक्सम्वाले १२३० मत ल्याएका छन् ।
राप्रपाका रिजाललाई एमालेका पौडेलले ६५९ मतले हराएका छन् । पौडेलले २०२१ मत ल्याइरहँदा रिजालले १३६२ मत पाएका छन् । चुनावी नतिजाले काङ्ग्रेस भन्दा राप्रपाका उमेद्वार बलियो देखाएको छ ।
वडाध्यक्ष मात्र होइन, अरु चार वडा सदस्यमा पनि राप्रपाका उमेद्वार काङ्ग्रेस भन्दा अगाडि देखिएका छन् । यसअघि पनि उक्त वडामा एमालेले प्यानलसहित जितेको थियो ।
यसपटक उक्त वडामा माओवादी केन्द्र लगायतका दलको साथ लिँदा पनि काङ्ग्रेसको राजनीतिक जनाधार कमजोर देखिएको हो ।