संसद् अवरोध हटाउन एमाले तयार
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध हटाउने भएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै एमालेले सदनमा व्यापक बहस हुनुपर्ने विषय रहेकाले विरोधको स्वरूपलाई परिवर्तन गर्ने जानकारी गराएका हुन् ।
ज्ञवालीले मुलुकमा गहिरिँदो आर्थिक संकटलगायतबाट मुलुक राष्ट्रिय संकटमा परेको र यस विषयमा सदनमा छलफलका लागि एमालेले अवरोध हटाउने निर्णय गरेको उनले बताए ।
गत भदौ २३ देखि एमालेले संसद अवरोध गर्दै आएको थियो । भर्खरै सम्पन्न निर्वाचनबाट जनताले उचित ढंगले फैसला गरेको बताउँदै मुलुक एउटा कोर्समा गइसकेकोले विरोधलाई फरक ढंगमा प्रस्तुत गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।