- घिसिङलाई हटाउने निर्णयप्रति कांग्रेस महामन्त्री शर्माको आपत्ति
- कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णय
- एक्सेल विकास बैंकको साधारण सभा : वित्तीय दायरा फराकिलो बनाउने बाटो खुला
- पत्रकार महासंघद्वारा प्रेस काउन्सिलका पूर्वअध्यक्ष बस्नेतको निधनमा दुःख व्यक्त
- राप्रपाभित्र आन्दोलनको नेतृत्वको विषयमा विवाद
झापा– झापाको गौरीगञ्जमा सोमबार बिहानबाट रोकिएको मत गणना सुरु हुने भएको छ। भोलि बिहानबाट गणना सुरु गर्ने गरी सहमति भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
मत गणनाको क्रममा गौरीगञ्ज–१ मा खसेको मत र मत पेटिकामा भएको मतपत्रको संख्यामा फरक आएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
गौरीगञ्ज–१ बाट निर्वाचन सम्पन्न भएको दिन ३ हजार ८ सय ८ मत खसेको मुचुल्का तयार पारिएको थियो । तर, गणनाका समयमा एक सय ७३ मत बढी देखिएको भन्दै कांग्रेसले विरोध जनाएपछि गणना स्थगित भएको थियो ।
गणनाको समयमा ३ हजार ९८१ मत पुगेको भन्दै कांग्रेसले धाँधली भएको जनाएको छ । उक्त वडामा मतगणना सकिँदा कांग्रेसका कात्तिकलाल राजवंशी र एमालेका पर्शुराम काफ्लेको बराबरी एक हजार ८१ मत आएको थियो ।
उक्त वडामा पुनः मत गणना हुने भएपछि सहमति जुटेको नेपालले बताए । ‘सबै मत गणना सकिएपछि वडाध्यक्षको मात्र अन्तिममा गणना गर्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिबाट गणना सुरु हुनेछ।’