- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
- अर्जुनधारामा वडास्तरीय फुटबल : वडा नम्बर ११ क्वाटरफाइनलमा
झापा– झापाको गौरीगञ्जमा सोमबार बिहानबाट रोकिएको मत गणना सुरु हुने भएको छ। भोलि बिहानबाट गणना सुरु गर्ने गरी सहमति भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
मत गणनाको क्रममा गौरीगञ्ज–१ मा खसेको मत र मत पेटिकामा भएको मतपत्रको संख्यामा फरक आएपछि कांग्रेसले आपत्ति जनाएको थियो ।
गौरीगञ्ज–१ बाट निर्वाचन सम्पन्न भएको दिन ३ हजार ८ सय ८ मत खसेको मुचुल्का तयार पारिएको थियो । तर, गणनाका समयमा एक सय ७३ मत बढी देखिएको भन्दै कांग्रेसले विरोध जनाएपछि गणना स्थगित भएको थियो ।
गणनाको समयमा ३ हजार ९८१ मत पुगेको भन्दै कांग्रेसले धाँधली भएको जनाएको छ । उक्त वडामा मतगणना सकिँदा कांग्रेसका कात्तिकलाल राजवंशी र एमालेका पर्शुराम काफ्लेको बराबरी एक हजार ८१ मत आएको थियो ।
उक्त वडामा पुनः मत गणना हुने भएपछि सहमति जुटेको नेपालले बताए । ‘सबै मत गणना सकिएपछि वडाध्यक्षको मात्र अन्तिममा गणना गर्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिबाट गणना सुरु हुनेछ।’
















