३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

शिवसताक्षीमा दुई दिनदेखि अवरुद्ध मत गणना सुरु



बिर्तामोड– दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ।

शिवसताक्षी–१ मा खसेको मत र गणना भएको मत संख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको थियो।

वडा नम्बर १ मा मतदानका दिन बनाइएको मुचुल्काभन्दा गणना गर्दा ५४ मत कम देखिएपछि विवाद सुरु भएको थियो।

निर्वाचन कार्यालयले त्यहाँका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाएर नयाँ अधिकृत मधु पोखरेललाई खटाएको छ।

लामो प्रयत्नपछि गणना सुरु भएको हो। ‘दलहरूको माग पुनर्गणनाको थियो । उहाँहरूको निवेदनको आधारमा निर्वाचन आयोगमा लेखी पठाउने सहमति भएको छ,’ पोखरेलले भने, ‘अब केहीबेरमा गणना सुरु हुन्छ ।’

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार ००:००  २ : ३९ बजे