- आयल निगमको चारआली डिपोबाट निकालिएका कर्मचारी आन्दोलित
- खयरडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
- न्यायाधीशहरूबारे सामाजिक सञ्जालमा जथाभावी नबोल्न सर्वोच्चको चेतावनी
- सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर
- महतको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
बिर्तामोड– दुई दिनदेखि रोकिएको झापाको शिवसताक्षी नगरपालिकाको मतगणना सुरु हुने भएको छ।
शिवसताक्षी–१ मा खसेको मत र गणना भएको मत संख्या फरक परेपछि विवाद हुँदा आइतबार साँझदेखि गणना स्थगित भएको थियो।
वडा नम्बर १ मा मतदानका दिन बनाइएको मुचुल्काभन्दा गणना गर्दा ५४ मत कम देखिएपछि विवाद सुरु भएको थियो।
निर्वाचन कार्यालयले त्यहाँका निर्वाचन अधिकृत ऋषि पौडेललाई फिर्ता बोलाएर नयाँ अधिकृत मधु पोखरेललाई खटाएको छ।
लामो प्रयत्नपछि गणना सुरु भएको हो। ‘दलहरूको माग पुनर्गणनाको थियो । उहाँहरूको निवेदनको आधारमा निर्वाचन आयोगमा लेखी पठाउने सहमति भएको छ,’ पोखरेलले भने, ‘अब केहीबेरमा गणना सुरु हुन्छ ।’