• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्थानीय तह निर्वाचन
  3. झापाका तीन वटा वडामा बागी उमेद्वार बिजयी
 झापाका तीन वटा वडामा बागी उमेद्वार बिजयी
स्थानीय तह निर्वाचन स्पीक कर्नर विशेष

झापाका तीन वटा वडामा बागी उमेद्वार बिजयी

by Speak ३ जेष्ठ २०७९, मंगलवार १०:१८
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


बिर्तामोड– झापाका तीन वडामा ‘बागी’ उम्मेदवार विजयी भएका छन् । गौरादह नगरपालिका–३, झापा गाउँपालिका –३ र बाह्रदशी गाउँपालिका–४ मा ‘बागी’ उम्मेदवारहरू विजयी भएका हुन् ।

गौरादह–३ को वडाध्यक्षमा एमालेका बागी’ दिलिपकुमार भण्डारी विजयी भएका छन्। उनले एमालेका गजेन्द्रप्रसाद घिमिरेलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै वडाध्यक्षमा जित हासिल गरेका हुन् ।

जेब्रा चुनाव चिह्न लिएर लडेका भण्डारीले १ हजार ९४ मत पाए भने निकटतम् प्रतिस्पर्धी घिमिरेले ५ सय ८६ मत मात्र पाए । घिमिरे यसअघिका पनि वडाध्यक्ष हुन् ।

योपल्ट पार्टीबाट वडाध्यक्षको लागि लामो प्रयास र लबिङ गरे पनि पार्टीले पुनः घिमिरेलाई नै टिकट दिएपछि भण्डारी बागी उठेका थिए ।

जिल्लाको झापा गाउँपालिका–३ को वडाध्यक्षमा पनि ‘बागी’ उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बागी सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले निकटतम् प्रतिस्पर्धीहरू एमालेका खड्गनारायण राजवंशी र कांग्रेसका भागिरथप्रसाद गणेशलाई पराजित गरे । सुवासलाल कांग्रेसका क्रियाशील कार्यकर्ता हुन् ।

पार्टीबाट उम्मेदवार छनोटका क्रममा भएको ‘भोटिङ’ मा पनि सुवासलालको नाम पहिलो नम्बरमा आएको थियो । तर कांग्रेस गाउँ सभापति सागिरथप्रसाद गणेशले आफ्ना दाजु भागिरथप्रसादलाई वडाध्यक्षको टिकट दिने निर्णय गरेपछि सुवासलाल बागी उम्मेदवार उठेका थिए ।

भुईँकटरु चुनाव चिह्न लिएर वडाध्यक्षमा निर्वाचित सुवासलालले ९५५ मत प्राप्त गरे । निकटमत् प्रतिस्पर्धी एमालेका खड्गनारायणले ६ सय ६३ र कांग्रेसका भागिरथले ५ सय ५९ मत मात्र प्राप्त गरे।

यस्तै बाह्रदशी गाउँपालिका–४ मा कांग्रेसका ‘‘बागी’ उम्मेदवार विजयी भएका छन् । उक्त वडामा बागीको प्यानल नै विजयी भएको हो । कांग्रेसका पुराना क्रियाशील महताव आलमले पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए ।

बाह्रदशीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपछि उक्त वडामा माओवादीले उम्मेदवार उठाएको थियो । गठबन्धनविरुद्ध प्यानल बनाएर बागी उम्मेदवारी दिएका आलमको प्यानल नै निर्वाचित भएको हो ।

आलमले ७ सय ५२ मत पाएका थिए भने गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका समिम मियाँले ५ सय ९१ मत मात्र पाए ।

‘गुलाफको फूल’ चिन्ह लिएर चुनाव लडेको आलम प्यानलबाट महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा सुमित्रादेवी मोची तथा सदस्यमा विवेककुमार गणेश र बलबहादुर बानियाँ निर्वाचित भएका हुन् ।

दलित महिला सदस्य सुमित्रा र सदस्य विवेक पनि कांग्रेसका बागी हुन् । कल्पना एमालेकी बागी हुन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.