- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामोड–नेकपा एमालेले स्थानीय निर्वाचनमा बिर्तामोड–२ मा पनि प्यानल जितेको छ । अहिले बिहान सम्पन्न मतगणना अनुसार किशोरकुमार पौडेलको नेतृत्वमा एमालेको प्यानल बिजयी भएको हो ।
पौडलेसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकरप्रसाद रिजाल पराजित भएका हुन् । नेपाली काङ्ग्रेसका धर्म लक्सम्वा तेस्रो भएका छन् । यसअघि बिर्तामोड–१ मा पनि एमालेले अग्निप्रसाद पाण्डेको नेतृत्वमा प्यानल जितेको थियो ।
जनप्रतिनिधिका रुपमा वडाध्यक्षमा निर्वाचित पौडेलको यो दोस्रो कार्यकाल हो । यसअघि उनी वडा सदस्य थिए । पौडेलको नेतृत्वमा तिला गौतम, शर्मिला त्रिखत्री, ओमनाथ गौतम र चेतन विमली वडा सदस्य निर्वाचित भएका छन् ।