• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. पवित्राले बढाइन् मतान्तर, नगेन्द्र दोब्बर मतले अगाडि
 पवित्राले बढाइन् मतान्तर, नगेन्द्र दोब्बर मतले अगाडि
राजनीति स्थानीय तह निर्वाचन

पवित्राले बढाइन् मतान्तर, नगेन्द्र दोब्बर मतले अगाडि

by Speak ३ जेष्ठ २०७९, मंगलवार ०८:३१
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– झापाको राजनीतिक केन्द्र बिर्तामोडको स्थानीय तह निर्वाचनको परिणामका विषयमा सर्वत्र चासो छ । नगरबासी मतदाता मात्र होइन, राजनीतिको केन्द्र भागले पनि बिर्तामोडको परिणामबारे निरन्तर चासो राखिरहेको छ ।

निर्वाचन कार्यालयका अनुसार बिर्तामोडमा मत गणनाको सुरुवाती दिनदेखि नेकपा एमालेका उमेद्वारले अग्रता कायम गरिरहेका छन् । मंगलवार बिहानसम्म आइपुग्दा नगर प्रमुखमा एमाले उमेद्वार पवित्रा महतरा प्रसाईको अग्रता छ ।

प्रसाईले ३.९९६ मत प्राप्त गरिरहँदा नेपाली काङ्ग्रेसका उमेद्वार भोजराज सिटौला ३,२७२ मतका साथ पछ्याइरहेका छन् । प्रसाईले सिटौलासँगको मतान्तर बढाउँदै लगेकी छन् । पछिल्लो गणनामा सिटौला ७२४ मतले पछाडि छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुखका उमेद्वार ध्रुव उप्रेती १,३७४ मतका साथ अघि बढिरहेका छन् । जनता समाजवादी पार्टीका उदय गुरुङको ४५ मत छ । स्वतन्त्र उमेद्वार नगेन्द्र अधिकारीले ५ मत पाएका छन् ।

मौलिक जरोकिलो पार्टीका उमेद्वार प्रज्जवल अधिकारीको ८ मत छ । मंगोल नेशनल अर्गनाइजेसनका राजकुमार लावतीले ८२ मत ल्याएका छन् । आमुल परिवर्तन मसिहा पार्टीका मनकुमार खुदाङ लिम्वूको ४ मत छ ।

उपप्रमुखमा पनि एमालेको अग्रता निरन्तर छ । गठबन्धनका तर्फबाट उमेद्वार भएका माओवादी नेता सीपी कडरिया एमाले उमेद्वार भन्दा दोब्बर मतले पछाडि छन् ।

नेकपा एमालेका उपप्रमुखका उमेद्वार नगेन्द्र सङ्ग्रौलाले ४,०७४ मत प्राप्त गरिरहँदा कडरियाको मत २,०६१ छ । यो अहिले बिहान सम्मको गणनाको विवरण हो ।

प्राप्त मतको अवस्था हेर्दा गठबन्धनबाट कडरियालाई ठूलो धोका भएको देखिएको छ । गठबन्धनका प्रमुखका उमेद्वार सिटौला र कडरिया बीचको मत अन्तर १२ सय भन्दाबढी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपप्रमुखकी उमेद्वार रञ्जु प्याकुरेलको पक्षमा १,५६० मत परेको छ । आफ्नै पार्टीका नगर प्रमुखका उमेद्वार उप्रेती भन्दा लोकप्रिय मत प्याकुरेलको पक्षमा खसेको हो ।

एकीकृत समाजवादीका उपप्रमुखका उमेद्वार तीर्थ सिग्देलले ६९ मत पाएका छन् । जनता समाजवादी पार्टीकी चीजा राईले ४७ मत ल्याएकी छन् ।

विवेकशील साझा पार्टीकी निशा सोनी कर्णले ४७ मत पाएकी छन् । मंगोल नेशनल अर्गनाइजेसनकी रीतादेवी शर्माले ९० मत ल्याएकी छन् । मौलिक जरो किलो पार्टीकी रोमादेवी निरौला घिमिरेको ७ मत छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.