हात्ती आक्रमणमा बृद्धको मृत्यु, बसन्तीको अवस्था चिन्ताजनक
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
झापा– झापाका विभिन्न स्थानमा हात्तीको उपद्रो तीब्र भएको छ । केही समय मत्थर भएको हात्तीको उपद्रो दोहोरिन थालेको हो । सातायता हात्तीको हञ्जाले मानवीय तथा भौतिक क्षति गरिरहेको छ ।
हात्तीको आक्रमणमा आज अपरान्ह झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ । मेचीनगर–९ पशुपति टोलका ७० वर्षीय पेना किसानको हात्ती आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका थिए । आक्रमणबाट घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा ज्यान गएको डीएसपी बसन्त पाठकले बताए ।
यसअघि आज मध्यान्ह हात्ती आक्रमणमा घाइते भएकी झापाको मेचीनगर–९ थोप्लेविरानकी ३८ वर्षीया झुमा भनिने बसन्ती दनुवारको अवस्था चिन्ताजनक छ ।
उनको उपचारमा कम्तीमा सात लाख रुपैयाँ खर्च हुने चिकित्सकले बताएका छन् । आर्थिक अभावका कारण दनुवारको परिवार थप चिन्तामा परेको छ ।