- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
झापा– अर्जुनधारा नगरपालिकाको प्रमुख उप प्रमुखमा नेकपा एमालेका उम्मेद्वारको अग्रता कायमै छ । सुरुवाती अग्रता अहिलेसम्म कायम रहेको हो ।
अहिलेसम्म अर्जुनधारा नगरपालिकाको १ र २ नम्बर वडाको परिणाम सार्वजनिक भइसकेको छ । दुवै वडाको अध्यक्षमा गठबन्धनका उम्मेद्वार उपेन्द्र बस्नेत र नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । तर, दुवै वडाको परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वारले जितेका छन् ।
दुई वटा वडाको मत परिणाम सार्वजनिक भइसक्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेद्वार बलदेव सिंह गोम्देनले ३ हजार ३ सय मत पाएका छन् भने उपमेयरकी उम्मेद्वार खड्माया पराजुलीले ३ हजार १६१ मत ल्याएकी छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जिता कार्कीले २ हजार ५४८ मत पाउँदा उपमेयरमा माओवादीका उम्मेद्वार जितेश योञ्जनले १ हजार ७१७ मत ल्याएका छन् । नगरमा मेयर तथा उपमेयर पदमा तीन–तीन जनाको उम्मेद्वारी परेको छ ।
गणनामा राप्रपाका उम्मेद्वारले ५ सय मत कटाउन सकेका छैनन् । अहिले एकैपटक ३ वटा वडाको मतगणना भइरहेको छ । जसअनुसार ३, ४ र ५ नम्बर वडाको मतगणना जारी छ ।
५३ हजार ७४५ कुल मतदाता संख्या रहेको नगरमा यस पटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।


















