- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– बिर्तामोड–१ को वडाध्यक्षमा पराजित भएका नेपाली काङ्ग्रेसका उमेद्वार बलराम कार्कीले बिजेता नेकपा एमालेका अग्निप्रसाद पाण्डेलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।
पाण्डेसहित निर्वाचित सदस्यहरुको कार्यकाल सफलताको कामना गर्दै वडाध्यक्षका निकट्तम प्रतिद्धन्द्धी कार्कीले हार्दिकता साटेका हुन् । सामाजिक सञ्जालमा कार्कीले पाण्डेलाई बधाई दिँदै अकंमाल गरेको तस्वीर सार्वजनिक भएको छ ।
कार्कीले पनि फेसबुकमा यो तस्वीर राखेका छन् । पाण्डेसँग बलियो प्रतिस्पर्धीका रुपमा हेरिएका कार्की २५९ मत अन्तरले वडाध्यक्षमा पराजित भएका थिए । पाण्डेले १४७९ मत प्राप्त गरिरहँदा कार्कीले १२२० मतमा चित्त बुझाउनु परेको थियो ।
वडाध्यक्षमा पाण्डेको यो दोस्रो कार्यकाल हो । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काङ्ग्रेसकी उमेद्वार देविका बस्नेतलाई ५३३ मतले हराउँदै पाण्डे वडा प्रमुख भएका थिए ।