- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– झापाको हल्दीवारी गाउँपालिकामा गएराति चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । राति साढे एक बजे परेको चट्याङले लागेर हल्दीवारी वडा नम्वर–२ को राई टोलका २६ वर्षीय भेना हस्दाको मृत्यु भएको हो ।
शौचालय गएका बेला हस्दालाई चट्याङले लागेको र घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डीएसपी बसन्त पाठकले हस्दाको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको बताए ।