७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्यानलसहित दोस्रो कार्यकालका लागि अध्यक्षमा पाण्डे निर्वाचित



झापा–नेकपा एमालेले बिर्तामोड नगरपालिकामा बिजयी सुरुवात गरेको छ । नगरको १ नम्वर वडामा एमालेको प्यानल बिजयी भएको हो । एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी अग्निप्रसाद पाण्डे बिजयी भएका छन् ।

एक नम्वर वडामा पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक रुपमा मत परिणाम घोषणा गर्न भने बाँकी छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि पाण्डेले वडाध्यक्ष बन्ने अवसर पाएका थिए ।

नेपाली काङ्ग्रेसकी उमेद्वार देविका बस्नेतलाई ५३३ मतले हराउँदै अघिल्लो पटक पाण्डे वडा प्रमुख भएका थिए । पाण्डेले १२७२ ल्याइरहँदा बस्नेतले ७३९ मत पाएकी थिइन् ।

यस पटकको निर्वाचनमा पाण्डेले वडाध्यक्षका प्रत्यासी नेपाली काङ्ग्रेसका बलराम कार्कीलाई पराजित गरेका हुन् । मत परिणाम अनुसार पाण्डेले १४७९ मत प्राप्त गरेका छन् भने कार्कीले १२२० मत प्राप्त गरे । कार्कीलाई पाण्डेले २५९ मत अन्तरले जितेका छन् ।

व्यवसायिक क्षेत्रमा लामो समयदेखि क्रियाशील कार्कीलाई पाण्डेको बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । पाण्डे बाहेक एमालेका अरु उमेद्वार प्रतिस्पर्धामा आउन मुस्किल रहेको निष्कर्षका बीच एमालेले उमेद्वार चयन गरेको थियो ।

वडाध्यक्षमा निर्वाचित भएपछि आइतवार राति उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘आज मेरो जन्मदिन र आजको दिन १ नम्वर जनता वडाबासीको सेवा गर्न उपहार दिएको दिन । सब कोहीलाई यस्तो दिन सायद प्राप्त हुँदैन् ।’

दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेका वडा सदस्यका उमेद्वार यमुनादेवी आचार्य र कमला महराले क्रमश मत पाएका छन् । अघिल्लो पटकको निर्वाचनमा उनीहरुले क्रमशः १२०९ र १२०३ मत पाएका थिए ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै कार्की वडाध्यक्षका उमेद्वार भएका थिए । गुटगत प्रभाव र अन्तर सङ्घर्षका बीच कार्कीलाई पार्टीभित्रबाट छिटफुट असहयोग थियो ।

कतिपय एमाले कार्यकर्ताले पाण्डेको राजनीतिक सक्रियतालाई पूर्णविराम लगाउने गरी कार्कीको पक्षमा मतदान गरेका थिए । केही लोभी एमाले कार्यकर्ताबाट भएको अन्तरघात र असहयोगलाई चिर्दै पाण्डे दोस्रो कार्यकालका लागि वडाको नेतृत्वमा गएका हुन् ।

वडाको विकासमा अग्रसरता लिन सधैँ तयार हुँदै आएका पाण्डे अघिल्लो कार्यकाल केही विवादास्पद घटनामा तानिएका थिए । यद्यपि, त्यसलाई चिर्दै उनले फेरि मतदाता रिझाएका छन् ।

हक्की र स्पष्ट स्वभावका पाण्डेको सक्रियता स्थानीय राजनीतिमा बढ्दै जाँदा उनलाई पार्टीले वडाको महत्वपूर्ण जिम्मेवारीमा दोहोर्याएको छ ।

अध्यक्षका अर्का प्रत्यासी राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक खँड्काले मत पाएका छन् । एमालेका र काङ्ग्रेसका केही मत खड्काले पाएको एमाले वृत्तको चुनावी विश्लेषण छ । खँड्काले आफ्नो पार्टीको मत सुरक्षित राखेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार ००:००  ११ : ०६ बजे