- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वडाबासी मतदातालाई धन्याबाद दिएका छन् । भारी मतका साथ राप्रपाका उमेद्वारलाई जिताएको भन्दै अध्यक्ष लिङ्देनले वडाबासी मतदाताप्रति आधार प्रकट गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतवार राति उनले लेखेका छन्, ‘भारी मतान्तरले राप्रपाका उम्मेदवारहरूलाई विजयी बनाउने मेरा वडाबासी मतदाता आमाबुबा दिदीबहिनी दाजुभाइमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।’
झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका अध्यक्ष उम्मेदवार देवीबहादुर थापासहित प्यानल नै निर्वाचित भएको थियो । हल्दिबारी लिङ्देनको आफ्नै वडा हो ।
नेकपा एमाले उम्मेद्वार त्रिलोचन सापकोटा हराउँदै थापा बिजयी भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा सापकोटा वडामा निर्वाचित वडाध्यक्ष भएका थिए । गाउँपालिका अध्यक्षका दावेदार सापकोटालाई एमालेले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा टिकट दिएको थियो ।
आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामै रहेका छन् ।