- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
झापा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन दलले गरेको सत्ताको चरम् दुरुपयोगका बीच एमालेको पक्षमा राम्रो जनादेश प्रकट भएको बताएका छन् ।
मत गणनामा धाँधली गर्न थालिएपछि त्यसको विरोधमा उत्रिएका महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
आइतवार दिउँसो मात्रै पार्टीका तर्फबाट विज्ञप्ति निकालेर महासचिव पोखरेलले सत्ता गठबन्धनबाट निर्वाचन पूर्व, निर्वाचनका बेला र मतदानपछि जसरी पनि जित्न धाँधलीको सहारा लिएको भन्दै विरोध जनाएका थिए ।
‘सत्ताको चरम् दुरुपयोगका वावजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो’, महासचिव पोखरेलले भनेका छन् ।



















