- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
- राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध
- मापसे गरेर चलाएको मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
झापा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन दलले गरेको सत्ताको चरम् दुरुपयोगका बीच एमालेको पक्षमा राम्रो जनादेश प्रकट भएको बताएका छन् ।
मत गणनामा धाँधली गर्न थालिएपछि त्यसको विरोधमा उत्रिएका महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।
आइतवार दिउँसो मात्रै पार्टीका तर्फबाट विज्ञप्ति निकालेर महासचिव पोखरेलले सत्ता गठबन्धनबाट निर्वाचन पूर्व, निर्वाचनका बेला र मतदानपछि जसरी पनि जित्न धाँधलीको सहारा लिएको भन्दै विरोध जनाएका थिए ।
‘सत्ताको चरम् दुरुपयोगका वावजुत एमालेका पक्षमा राम्रो जनादेश प्रकट भएको छ । धाँधलीको विरोध गर्नु जनमतको अवज्ञा होइन, रक्षा गर्नु हो’, महासचिव पोखरेलले भनेका छन् ।


















