- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा– काङ्ग्रेसले टिकट नदिएपछि पार्टी परित्याग गरेको घोषणा गरेर स्वतन्त्र उमेद्वारका रुपमा निर्वाचनको मैदानमा उभिएका निर्माण व्यवसायी शेरबहादुर थापा कनकाई नगरपालिकाको मत गणनामा निरन्तर अगाडि छन् । नेकपा एमालेको सुरक्षित ठानिएको स्थानीय तहमध्येको कनकाईमा थापाको अग्रताले धेरैलाई आश्चर्यमा पारेको छ ।
४२ वर्षअघि काङ्ग्रेसको छहारीमा ओत लागेका थापालाई अहिले आफैँले रगत पसिना बगाएर बनाएको पार्टी बिरानो भए पनि कार्यकर्ताले भने उल्लेख्य मत दिएका छन् । काङ्ग्रेसका तर्फबाट उमेद्वार भएका रुद्रप्रसाद चिमरियाको भन्दा थापाले ल्याएको मत झण्डै तेब्बर छ । चिमरियाले ११४४ मत ल्याएका छन् ।
थापालाई एमाले उमेद्वार राजेन्द्रप्रसाद पोखरेलले पछ्याइरहेका छन् । उनीहरु बीच ७५० भन्दा बढीको अन्तर छ । थापाले ३०८७ मत ल्याइरहँदा पोखरेलले २३३६ पाएका छन् । मत गणना बाँकी रहेकाले थापाले जित्छन् वा हार्छन् भन्न नसकिए पनि काङ्ग्रेस बृत्तमा थापामाथि जिल्ला नेतृत्वले अपमान र अन्याय गरेको चर्चा चुलिएको छ ।