धनकुटा– गाउँमा रहेको मतगणना स्थलमा उनको जितको घोषणा हुँदैथियो, उता अस्पातालमा भने चिकित्सक उनको मृत्यु भएको घोषणा गर्दै थिए ।
धनकुटाको चौबीसे गाउँपापलिका–२ को वडा सदस्य पदमा आफू पुनः विजयी बनेको खबर सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी उनको मष्तिष्कघातका कारण निधन भएको हो ।
यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यसपटक पनि ७९२ मत सहित जित दर्ता