• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. मौन अवधिमा प्रचण्डको दौडधुप
 मौन अवधिमा प्रचण्डको दौडधुप
राजनीति स्थानीय तह निर्वाचन

मौन अवधिमा प्रचण्डको दौडधुप

by Speak २९ बैशाख २०७९, बिहीबार १५:१४

झापा– स्थानीय तह निर्वाचनका लागि तोकिएको मौन अवधिमा चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप बढेको छ।

मौन अवधिमा कुनै पनि माध्यमबाट भोट माग्न नपाउने भनिए पनि पार्टीका केन्द्रीय अध्यक्ष नै मतदातालाई प्रभावमा पार्नेगरि दौडधुप गरिरहेका हुन् । भरतपुरको निर्वाचनलाई लक्षित गरेर प्रचण्डले आचारसंहिताको ख्यालै नगरी मतदातासँग भोट मागिरहेका छन् ।

प्रचण्ड बुधबारबाटै चितवनमा छन् । स्थलमार्ग हुँदै भरतपुर पुगेका उनले बुधवार भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेद्वार रेनु दाहालको निवासमा बसेर कार्यकर्तालाई भेटेका थिए ।

स्थानीयबासीका अनुसार प्रचण्डले राति अबेरसम्म छोरी रेनुको निवासमा बसेर कार्यकर्ता भेटेका थिए । उनी त्यहाँ रहँदा नजिकको सडकमा पार्किङ गरिएका गाडीको लाम लागेको थियो ।

त्यसअघि उनले भरतपुरको एक होटलमा भेला राखेर गठबन्धनका उम्मेदवारलाई जिताउने गरि लाग्न निर्देशन दिएका थिए । उक्त भेलामा कांग्रेसका नेता शंकर भण्डारी पनि सहभागी थिए ।

प्रचण्डले बिहीबार पश्चिम चितवन र माडीका विभिन्न ठाउँमा पुगेर मतदाता भेटेका छन् । बिहानै माडी पुगेका उनले त्यहाँको एक होटलमा बसेर गठबन्धनका नेता, उम्मेदवार, मतदातालाई भेटेका थिए । माडीमा पनि गठबन्धनबाट माओवादी केन्द्रले मेयर पाएको छ ।

त्यहाँ माओवादी भित्र प्रचण्ड समूह र नारायणकाजी श्रेष्ठको समूहका बीचमै भित्री द्वन्द्व छ । माडी नारायणकाजी श्रेष्ठ समूहको परम्परागत प्रभाव भएको क्षेत्र हो । उनी त्यसैलाई व्यवस्थापन गर्न माडी पुगेको अनुमान गरिएको छ ।

त्यसपछि उनी पश्चिम चितवनका विभिन्न गाउँमा पुगेका थिए ।

भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले चितवनमा गरेको दौडधुपको विषयमा मौखिक उजुरीहरू परेका छन् । ‘लिखित उजुरी त आएको छैन, मौन अवधिमा मतदाता भेटेर आचारसंहिताको धज्जी उडाइयो यसलाई रोक्नुपर्‍यो भनेर मौखिक उजुरी आइरहेको छ,’ उक्त स्रोतले भन्यो ।

पूर्वप्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेपछि सुरक्षा निकायका प्रमुखहरु पनि उनीसँगै छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर पदका उम्मेद्वार रेनु दाहालको विषयमा त केही लिखित उजुरी नै परेका छन् । पर्चा बाँडेको, महानगरको स्रोत साधन दुरुपयोगलगायतका विषयमा दाहालविरुद्ध उजुरी परेको स्रोतले बतायो ।

कार्यालयले उनलाई दुई पटक स्पष्टिकरण सोधिसकेको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.