- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । निद्रा नपर्ने कारण यस्ता छन् ।
मधुमेह : अनिद्राको कारणले कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्माेनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र मधुमेहको जोखिम बढाउँछ ।
मुटुरोग : अनिद्राका कारणले उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको
जोखिम बढ्छ ।
पाचन समस्या : पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्रा कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्छ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।
मानसिक समस्या : अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छन् ।
दिनचर्यामा परिवर्तन : अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।



















