टुसा उमारेका गेडागुडीका फाइदा
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
गेडागुडी टुसाउनका लागि पहिला भिजाउनुपर्छ । यसका लागि करिब २४ घन्टा पानीमा गेडागुडी राख्नुपर्छ । १२–१२ घन्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ । र, एक ठाउँमा राख्नुपर्छ । करिब एक हप्तामा टुसाएको गेडागुडी प्रयोग गर्न सकिन्छ ।
हतार भएमा एक मिनेटजति पानीमा उमालेर मनतातो पानीमा राखी दुई–तीन घन्टामै भिजाउन पनि सकिन्छ । चना, केराउ, मेथीलगायतलाई टुसाएर प्रयोग गर्न सकिन्छ ।
यसरी टुसाएको गेडागुडी काँचै, भुटेर, तरकारीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ । यसमा नुन, खुर्सानी, टमाटर, कागतीलगायत राखी साँधेर पनि प्रयोग गर्न सकिन्छ । यसका फाइदा निम्नप्रकार छन् ।
गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ ।
गेडागुडी टुसाउँदा यसमा प्रोटिन र फाइबरको मात्रा पनि बढेर जान्छ । त्यति मात्र नभएर मिनरल, भिटामिन पनि बढेर जान्छ ।
नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा एन्टिन्युट्रिसन फ्याक्टर जस्तै आइरन जिंक, म्याग्नेसियम, क्याल्सियमलगायतका तत्वलाई यसले सोस्न दिँदैन । जसले गर्दा एनिमायसम्मको समस्या पनि हुन्छ । यदि भिजाएर वा टुसा उमार्दा त्यसरी शरीरलाई सोस्न नदिने तत्व पानीमा घुलेर जान्छ ।