१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

एमाले देखेर काङ्ग्रेस भागिरहेको छ–अध्यक्ष ओली



झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा एमालेले प्रतिस्पर्धी शक्ति नै नपाउने अवस्था सिर्जना हुँदै गएको बताएका छन् ।

गृहजिल्ला झापामा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई देखेर भाग्नुपर्ने काङ्ग्रेस लगायतका दलहरुको स्थिति दयनीय भएको टिप्पणी गरे ।

जोडजाड गरेर बनाइएको पाँच दलीय गठबन्धन कमजोर र धरासायी भइसकेको भन्दै अध्यक्ष ओलीले एमालेसँग भिड्न भरपर्दाे राजनीतिक प्रतिस्पर्धी शक्तिको खाँचो रहेको औँल्याए ।

आफ्नो पार्टीविरुद्ध देशव्यापी रुपमा पाँचदलीय गठबन्धनका नाममा भएको मोर्चाबन्दी अब धेरैदिन टिक्न नसक्ने अध्यक्ष ओलीको दावी छ ।

सत्तारुढ गठबन्धनको भविष्य स्थानीय तह निर्वाचनको परिणाममा निर्भर रहेको बताउँदै एमाले अध्यक्ष ओलीले मतदातालाई धम्क्याएर जित्छु भन्ने भ्रम नपाल्न गठबन्धनका नेताहरुलाई चेतावनी दिए ।

आफ्नै गृहनगर झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गरेपछि अध्यक्ष ओली थप दवावमा छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार ००:००  १० : १० बजे