७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चकचकीमा एमालेको घरदैलो



राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुर्याएको छ । १ देखि ५ नम्बर वडासम्म सम्पन्न भएको घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज कोइरालाले जानकारी दिए । घरदैलोमा एमालेप्रति आम मतदाताको सकारात्मक शुभेक्षा प्राप्त भइरहेको छ ।

गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेलले वडाध्यक्ष र सदस्यसहित घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा अधिकांश मतदाताले एमालेलाई जीतको शुभकामना दिइरहेका छन् ।

मतदाताले यसअघिका जनप्रतिनिधिको जस्तो व्यवहार नदेखाउन सुझाव दिएका छन् । शनिवार बाह्रदशी–४ को चकचकी क्षेत्रमा घरदैलो भएको थियो ।

मुस्लिम समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा एमालेले देवेन्द्र चम्लागाई अध्यक्षमा उठाएर धेरै राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । जनप्रतिनिधि नबन्दै उनले सो क्षेत्रमा शिक्षासेवा मार्फत ठुलो योगदान गरेको बताएका थिए ।

चकचकी बजार दक्षिण क्षेत्रमा विरिङ नदिको कटान ठुलो समस्या बनेको छ । स्थानीय नागरिकले नदी कटान नियन्त्रण, सडक निर्माण गरिदिन आग्रह गरेका छन् । अध्यक्षका उम्मेद्वार चम्लागाईले जनताको दुखलाई आफ्नो दुख सम्झिएर समाधान गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार ००:००  ८ : २४ बजे