
सञ्जाल प्रयोगकर्ताको व्यङ्ग्य : रेनुले हार्लिन भन्ने डरले बीमा
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि चितवनमा गठबन्धनका तर्फबाट उमेद्वार बनेकी रेणु दाहालले हारे देश दुर्घटनामा पर्ने चेतावनी दिए । उनको अभिव्यक्तिलाई लिएर चर्काे आलोचना भइरहेको छ ।
मतदाता धम्क्याएको भन्ने सम्मका आरोप र टिप्पणी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । कसै कसैले व्यङ्ग्य पनि गरेका छन् ।
प्रचण्डको अभिव्यक्तिका विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता चन्द्रप्रकाश बास्कोटाले फेसबुकमा लेखेको स्टाटस आजको छेडखानीमा जस्ताको तस्तै– ‘रेणु दाहालले हार्लिन र देश दुर्घटनामा पर्छ कि भन्ने डरले जीवन बीमा गरेर आइयो ।’
