१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

एमाले अध्यक्ष केपी ओलीले जनतालाई लेखे यस्तो चिठी



बिर्तामोड–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्न सार्वजनिक रुपमा अपिल गरेका छन् । मतदातालाई चिठी लेख्दै उनले एमालेको नेतृत्वमा स्थानीय सरकार बनाउने अभियानमा सहयोग गर्न अपिल गरेका हुन् ।

चिठीमा उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले तीनवटै तहमा स्पष्ट बहुमतसहितको सरकार बनाउन आवश्यक रहेको उल्लेख गर्दै मत मागेका छन् । उनले मतदाताको न्यानो माया र साथ सहयोगले एमालेको स्थानीय सरकार निर्माण हुने बताए ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले ‘सुशासन समृद्धि र समाजवादको आधार : पालिका पालिकामा एमालेको सरकार भन्ने नारासहित मत मागिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  ६ : २१ बजे