
दाइजोमा मोटरसाइकल नदिँदा बिहेमा लफडा
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड– झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर–४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् ।
मेचीनगर–१५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल नदिएको भनी विवाद गरेका थिए ।
पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।