- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
बिर्तामोड– कलाकार विल्सनविक्रम राई तक्मे बुढाले झापाको अर्जुनधारामा नेकपा एमालेका उमेद्वारको पक्षमा भोट मागेका छन् । अर्जुनधारामा रिजन र भिजन भएका एमाले उमेद्वार भएको जनाउँदै हाँस्यकलाकार राईले खुलेर उनीहरुको पक्षमा भोट मागेका हुन् ।
‘अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन र खड्गमाया पराजुली नेतृत्वको टीम अपरिहार्य छ’, अर्जुनधारा–७ मिलडाँडा चोकमा आयोजित चुनावी कोणसभामा कलाकार राईले भने, ‘मेयर उपपमेयर दुबैलाई मतदान गरी बिजयी गराइदिनु हुन मेरो अनुरोध छ ।’
अर्जुनधारा १० नम्बर वडाको अध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासका लागि उनलाई जिताउनु पर्ने तर्क कलाकार राईको छ । कार्यक्रममा नायिका रजनी गुरुङ मंगलीले पनि बलदेव र खड्गमायालाई जिताउन अपिल गरिन् ।


















