- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
बिर्तामोड– कलाकार विल्सनविक्रम राई तक्मे बुढाले झापाको अर्जुनधारामा नेकपा एमालेका उमेद्वारको पक्षमा भोट मागेका छन् । अर्जुनधारामा रिजन र भिजन भएका एमाले उमेद्वार भएको जनाउँदै हाँस्यकलाकार राईले खुलेर उनीहरुको पक्षमा भोट मागेका हुन् ।
‘अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन र खड्गमाया पराजुली नेतृत्वको टीम अपरिहार्य छ’, अर्जुनधारा–७ मिलडाँडा चोकमा आयोजित चुनावी कोणसभामा कलाकार राईले भने, ‘मेयर उपपमेयर दुबैलाई मतदान गरी बिजयी गराइदिनु हुन मेरो अनुरोध छ ।’
अर्जुनधारा १० नम्बर वडाको अध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासका लागि उनलाई जिताउनु पर्ने तर्क कलाकार राईको छ । कार्यक्रममा नायिका रजनी गुरुङ मंगलीले पनि बलदेव र खड्गमायालाई जिताउन अपिल गरिन् ।














