७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

८७ रनमा समेटियो जिम्बावे



झापा– दोस्रो एकदिवसीय क्रिकेटमा जिम्बावे ‘ए’ले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको छ । केहीबेरमा ब्याटिङ गर्न मैदान उत्रने नेपालले तीनसय बलमा जम्मा ८८ रन बनाउनु पर्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ३१ ओभर ५ बलमामा सबै विकेट गुमाएर ८७ रन बनाएको हो ।

जिम्बाबेलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसी र सोमपाल कामीले समान ३–३ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले २ र स्पिनर सागर ढकालले १ विकेट हात पारे ।

जिम्बाबेका लागि जोनाथम काम्पबेलले सर्वाधिक २७ रनको योगदान गरे । त्यस्तै ब्राड इभान्सले अविजित २० रन बनाए भने केफास झुवाओले १० रन जोड्न सफल भए ।

अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  १२ : २४ बजे