- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड–नेकपा माओवादी केन्द्रको भातृसंगठन राष्ट्रिय कर्मचारी संगठन दुग्ध विकास संस्थानका केन्द्रीय सदस्य ओमकार खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खरेल शुक्रवार एमालेमा प्रवेश गरेका हुन् ।
खरेल वडा नम्बर ७ मा आयोजना गरिएको चुनावी प्रचार अभियान अन्तर्गतको कार्यक्रममा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन् । खरेलले मुलुक अब माओवादी केन्द्रबाट सञ्चालन हुन नसक्ने निष्कर्षसहित परित्याग गरेको बताए ।
खरेललाई राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटी, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, नेकपा एमाले बिर्तामोड नगर कमिटिका इञ्चार्ज देवराज कार्कीले नेकपा एमालेमा स्वागत गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै बिर्तामोडमा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको संख्या थपिँदै गएको छ ।