• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. अब शुक्रबार पनि सेयर बजार खुल्ने
 अब शुक्रबार पनि सेयर बजार खुल्ने
विजनेस कर्नर

अब शुक्रबार पनि सेयर बजार खुल्ने

by Speak २३ बैशाख २०७९, शुक्रबार १२:५८

झापा–  आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।

योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ । सरकारले पछिल्लो समय बढ्दो आयात, घट्दो रेमिट्यान्सका बीच निरन्तर बढ्दो व्यापार घाटाको चाप र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्न भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन (आइतबार र शनिबार) विदा दिने निर्णय गरेको छ । यसले सातामा पाँच दिन मात्र कारोबार हुने सेयर बजार अब के हुन्छ ? आम सरोकारवाला पक्ष, लगानीकर्ताहरुमा अन्योलता थियो ।

यसै अन्योलताका बीच धितोपत्र बोर्डले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.