१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

छुट्लान् त अफ्ताव आलम ?



झापा– कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भइरहेको छ ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ भइरहेको हो ।

गत शुक्रबार नै ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दाको सुनुवाइ सकिएको थिएन ।

नेता आलममाथि २०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले समेत सदर गरेपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन् । आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ ।

आलमलाई तीनवटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ । बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ००:००  १२ : ४५ बजे