१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एक महिनामा राजेन्द्र लिङ्देनका ८० सभा



झापा– स्थानीय चुनाव केन्द्रित सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन देशका विभिन्न ठाउँमा भएका ८० सभाहरूमा पुगेका छन् ।

महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएसँगै उनले संगठन विस्तारलाई प्राथमिकता दिँदै देशका मुख्य सहरमा सभा गरेका थिए ।

स्थानीय चुनावका लागि फागुन २६ देखि लिङ्देन देश दौडाहमा निस्केका थिए ।

उनले हालसम्म ८० भन्दा बढी सभाहरू गरेका छन् । ५२ जिल्लाका ८० ठाउँमा सभा गरिएको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन् ।

काठमाडौँ, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा सभा गरिएको राप्रपाले जनाएको छ ।

लिङ्देन अहिले झापा पुगेका छन् । मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न उनी झापा आएका छन् । झापा उनको गृहजिल्ला हो ।

प्रवक्ता श्रेष्ठले पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताए ।

‘हामी धेरै स्थानमा जित्दैछौ,’ उनले भने, ‘नजित्ने ठाउँमा पनि मत खेर फाल्दैनौँ, लोकप्रिय मत जुटाउँछौँ, लोकप्रिय मतको जगमा उभिएर प्रादेशिक र संघीय निर्वाचनको रणनीति बनाउँछौँ।’

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ००:००  १० : २४ बजे