• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. गठबन्धन लुतो जस्तो, जता हेर्यो उतै चिलाउँछ– एमाले अध्यक्ष ओली
 गठबन्धन लुतो जस्तो, जता हेर्यो उतै चिलाउँछ– एमाले अध्यक्ष ओली
राजनीति स्थानीय तह निर्वाचन स्पीक कर्नर विशेष

गठबन्धन लुतो जस्तो, जता हेर्यो उतै चिलाउँछ– एमाले अध्यक्ष ओली

by Speak २० बैशाख २०७९, मंगलवार २२:५६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक अघोषित रुपमा दुई दलीय व्यवस्थामा गइसकेको बताएका छन् । झापाको विभिन्न स्थानमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एकातिर गठवन्धनमा आवद्ध काङ्ग्रेससहितका सत्तारुढ दलहरू र अर्कातिर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका हुन् ।

‘अरु दल जोडजाड गरेर गठबन्धनका नाममा एमालेविरुद्ध लागेका छन्’, अध्यक्ष ओलीले भने, ‘अरु सबै एकातिर उभिएर चुनौति दिए पनि एमाले आफ्नै शक्तिको बलमा उभिएको छ । उसलाई कसैले हल्लाउन पनि सक्दैन।’ उनले हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर रहेको बताउँदै पाँचै जना (दल) लाई एकैपटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति रमाइलाे केहीमा नहुने बताए ।

‘पाँचदलीय गठबन्धनका नाममा जतिसुकै घेराबन्दी भए पनि स्थानीय तह निर्वाचनमा एमालेको बिजय यात्रालाई कसैले रोक्न सक्दैन’, अध्यक्ष ओलीले भने । उनले पाँच दलीय गठबन्धन टुटोस् भन्ने आफूहरूको चाहना नभए पनि यसले लुतोको जस्तो लक्षण देखाइरहेको टिप्पणी गरे ।

‘हिजो बम हान्ने र टाउकाको मोल तोक्नेहरु आज एकैठाउँ बसेर उद्देश्यहीन तमासा गरिरहेका छन्’, एमाले अध्यक्ष ओलीले कटाक्ष गर्दै भने, ‘ठूलो जस्तो नदेखिने, निको पनि नहुने तर चिलाइरहने लुतो जस्तो छ पाँचदलीय गठबन्धन ।’ उनले गठबन्धन दलले सञ्चालन गरेको अर्थतन्त्र, शान्ति सुव्यवस्था र विकास जता हेरे पनि लुतो जस्तो चिलाइरहेको बताए ।

देश विकासको अभियानमा होमिएको एमालेलाई छेक्न गरिएका प्रयास स्थानीय तह निर्वाचन परिणामले असफल पारिदिने बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन आत्तिसकेको दाबी गरे । ‘काङ्ग्रेसले जारी गरेको घोषणापत्रमा मेरो नाउँ बयालीस ठाउँमा रहेछ’, अध्यक्ष ओलीले भने, ‘उहाँहरुले आफ्नै सभापतिको नाउँचाहिँ आठ ठाउँ मात्रै राख्नु भएको छ । यसले के देखाउँछ ?’

एमाले अध्यक्ष ओलीले पारिवारिक भागबन्डाको हिसाब मिलाउँदा मिलाउँदै नेकपा माओवादी केन्द्रले घोषणापत्र ल्याउन बिर्सिएको टिप्पणी गरे । व्यस्त कार्यतालिका बीच गृह जिल्ला आएका ओलीले झापाको भद्रपुर, हल्दीवारी, धुलावारी, बिर्तामोड लगायतका स्थानमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमालेको पक्षमा मतदान गर्न सार्वजनिक अपिल पनि गरेका छन् । उनले झापाका स्थानीय तहमा एमालेका उमेद्वार विजयी हुने पनि दाबी गरे।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.