- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
कमल गाउँपालिका- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आजदेखि पाडाजुँगीमा सुरु भएको छ ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले उद्घाटन गरेको प्रशिक्षणमा जिल्लाका क्रियाशील ३५ सञ्चारकर्मीको सहभागिता छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सुरु भएको प्रशिक्षणमा नेपालखबर डटकमका सम्पादक अरुण बरालले सहजीकरण गरिरहेका छन् ।
उद्घाटन समारोहमा महासंघ प्रदेश १ समितिका सदस्य विष्णु सुब्बा, प्रेस चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिलदेव राई, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, सञ्चार क्लब गौरादहका सचिव सान नेपाल, शिवसताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले शुभकामना मन्तब्य राखेका थिए ।
महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रम सचिव डिकेश लामाले सञ्चालन गरेका थिए ।
गौरादह नगरपालिकाको सहयोगमा प्रशिक्षण सञ्चालन गरिएको हो ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै विचारलाई समाचार बनाउन नहुने, समाचार तथ्यपरक हुनुपर्नेमा जोड दिए ।
प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ मंगलबार अर्थात मे ३ तारिकमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।
















