१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एमाले अध्यक्ष ओली झापा आउँदै, चार ठाउँ चुनावी सभा




बिर्तामोड– नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । झापाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्वोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।

अध्यक्ष ओलीले आज चार स्थानमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएको छ ।

भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी–१ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ९ : ५७ बजे