• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. भद्रपुरका मेयरले दिए राजीनामा
 भद्रपुरका मेयरले दिए राजीनामा
राजनीति समाचार

भद्रपुरका मेयरले दिए राजीनामा

by Speak २० बैशाख २०७९, मंगलवार ०९:४६

झापा– भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

मेयर श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरेर आफूले सोही मितिबाट मेयरबाट राजीनामा दिएको जानकारी दिए । एमालेबाट मेयरमा निर्वाचित श्रेष्ठलाई पार्टीले यतिबेला भद्रपुर नगरको निर्वाचन प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

‘मैले २० दिन अघिदेखि नै नगरपालिकाद्वारा दिइले सेवा–सुविधाको प्रयोग गरेको छुइनँ,’ श्रेष्ठले भने, ‘पार्टीबाट उम्मेदवार बनेकाहरुलाई जिताउनुपर्ने अभियानमा लाग्नुपर्ने भएकाले निर्वाचन आचारसंहिता उल्लंघन हुन्छ, त्यसैले कार्यकाल सकिनुअघि नै राजीनामा दिएको हुँ ।’

निर्वाचन आयोगद्वारा गत चैत ३ गते प्रकाशित राजपत्रको भाग ५ परिच्छेद ३ को दफा ५ (क) अनुसार स्थानीय तह निर्वाचनको प्रचार अभियानमा सहभागी हुन राजीनामा गर्नुपर्ने उल्लेख भए बमोजिम आफूले पदबाट राजीनामा दिएको उनले स्पष्ट पारे ।

आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई उनले धन्यवादसमेत दिएका छन् । ‘सीमित स्रोत साधनका बीच असीमित विकासका काम गर्नुपर्ने भएकाले सोचेजस्तो गर्न सकिएन, पदबाट राजीनामा दिए पनि नगरको विकासको गतिविधिमा सक्रिय भएर लाग्नेछु,’ उनले भने ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.