१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मेचीनगरका गहना गोपाल




मेचीनगर । २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो गोपालचन्द्र बुढाथोकी । २०३८ सालमा झापाको धुलाबारी माविबाट विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीतिक यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन्

एमाले राजनीतिमा एउटा इमान्दार नेताको छवि बनाएका बुढाथोकी स्थानीय जनतामा लोकप्रिय छन् । स्थानीय राजनीतिमा उनको आवश्यकता ठानेर एमालेले उनलाई प्रदेश सांसदबाट फिर्ता बोलाएर मेयरको उमेद्वार बनाएको हो । पार्टीको आदर्श, निष्ठा र योजनामा उनी सधैँ अडिग छन् ।

औपचारिक शिक्षामा आइएसम्म अध्ययन गरेका बुढाथोकीले विपन्न आर्थिक अवस्थाका कारण पढाईलाई अडाडि बढाउन सकेनन् । २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर उनी यातायात मजदुरका रुपमा काम गर्न थाले ।

मेची बस व्यवसायी संघमा तीन कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गर्दै महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको संस्थापक उपसमितिमा दुई कार्यकाल उनले पूरा गरेका छन् । यातायात मजदुरको क्षेत्रमा काम गर्दा पार्टीको संगठन विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका बुढाथोकीले २०४६ सालको जन आन्दोलनमा आफूलाई अझ सक्रिय बनाए ।

२०४७ सालमा नेकपा एमाले धुलावारी गाउँ कमिटीको उपसचिव, २०५० सालमा धुलाबारी गाउँ कमिटीको सचिव, २०५३ सालमा मेचीनगर नगरपालिका गठनपछि पार्टीको मेचीनगर कमिटीको संस्थापक सचिव भई पार्टीको जिम्मेवारी सम्हाल्दै आएका बुढाथोकीले झापा क्षेत्र नम्वर १ को एक कार्यकाल पार्टी अध्यक्षको अनुभव समेत प्राप्त गरेका छन् ।

दुई कार्यकाल पार्टीको झापा जिल्ला कमिटी सदस्य र क्षेत्रीय इञ्चार्ज बनेका बुढाथोकी २०७४ मा झापा क्षेत्र नम्वर १ को प्रदेश ख क्षेत्रबाट प्रदेश सांसद पदमा निर्वाचित बने । हाल पार्टीको प्रदेश कमिटी सदस्य र झापा क्षेत्र नम्वर १ को क्षेत्रीय इञ्चार्ज पदमा सेवारत बुढाथोकी मेचीनगर नगरपालिकाको प्रमुखका लागि हाल घरदैलो अभियानमा जुटेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  ९ : ४६ बजे