- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
अर्जुनधारा– नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदायका देखिएका समस्या समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा–३ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले यस्तो धारणा राखेका हुन् ।

गोमदेनले ३ नम्बर वडामा देखिएको हात्ती आतंक, बाटो स्तरोन्नति नदी नियन्त्रण, कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताए ।
३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय जनताले राखेको विभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै मेयर पदका प्रत्यासी गोम्देनले समस्या समाधानका लागि आफ्नो प्रतिवद्धता राखेका हुन् ।
कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरी लगायतले नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका छन् ।















