- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताएकी छन् । महिलालाई नेतृत्व दिए मात्रै स्थानीय तहका काम प्रभावकारी हुने उनले बताएकी हुन ।
पराजुलीले आज अर्जुनधारा–३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै अहिलेको परिस्थितिमा महिलालाई नेतृत्व गर्नका लागि आसन चाहिएको बताइन ।
‘आसन पाए भाषण गर्न सकिन्छ र भाषण गर्न जानेका महिलाले शासन गर्न सक्छन् । महिलाले शासन गरे सहज रुपमा सुशासन कायम हुन्छ’, उनले भनिन् ।
उनले अर्जुनधारामा सुशासन कायम गर्न नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका ५७ जना उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन समेत आग्रह गरेकी छन् ।
कोणसभामा एमालेबाट ३ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार हरि वाग्ले आफू सबजयी भए वडाको विकासका लागि दिनरात नभनी खट्ने बताए ।