काठमाडौँ– नेपाल भ्रमण रहेको जिम्बावे ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबीच सोमबार दोस्रो टी–२० खेल हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ ।
यसअघि आइतबार भएको पहिलो टी–२० खेलमा जिम्बावे विजयी भएको थियो । जिम्बावेले नेपालमाथि ६ विकेटको सहज जीत हात पारेको थियो ।
टी–२० सिरिजको अन्तिम खेल बुधाबार हुनेछ ।
त्यसपछि एकदिवसीय सिरिज हुनेछ । एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन् ।
नेपालले आईसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न अमेरिका जानुअघि जिम्बावेको ‘ए’ टिमसँग तयारीस्वरुप खेल्न लागेको हो ।