- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
सरकारले वैदेशिक रोजगारीमा एजेण्टको व्यवस्था खारेज गरेको चार वर्ष बितिसक्दा पनि अझै ठूलो संख्या एजेण्टमार्फत नै वैदेशिक रोजगारीमा जाने गरेको एक अध्ययनले देखाएको छ ।
एक हजार पाँच सय ९३ जनालाई लिएर डा. जीवन बानियाँ नेतृत्वको समूहले गरेको अध्ययनले ४० प्रतिशत व्यक्तिहरु एजेण्टमा नै निर्भर रहेको देखाएको छ ।
जिफन्टले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघसँगको साझेदारी र रिक्रुटमेन्ट एडभाइजरसँगको सहकार्यमा गरेको यस अध्ययनले ३२ प्रतिशत व्यक्तिहरु भने प्रत्यक्ष रुपमा म्यानपावर कम्पनीहरुमा नै रोजगारीको प्रकृयाका लागि पुगेको देखाएको छ ।
वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई ईजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी) सम्म सम्पर्क गराईदिने माध्यमको रुपमा कार्यरत एजेण्टहरुको व्यवस्थालाई नेपाल सरकारले केही नेपाल ऐन संशोधन, २०७५ मार्फत खारेज गरेको हो ।