१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खेलाडीसँग विवादपछि एन्फालाई अलमुताइरीको पत्र



काठमाडौँ – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीसँगको विवादका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका छन् ।

अलमुताइरीले एन्फा महासचिवलाई लेखेको पत्रमा खेलाडीहरुले खबर नगरी क्याम्प छाडेको उल्लेख गरेका छन् ।

राष्ट्रिय टोलीका सिनियर १० खेलाडीले बिहीबार पत्रकार सम्मेलन गर्दै अलमुताइरीले आफुहरुलाई क्याम्प छाड्न निर्देशन दिएको बताएका थिए ।

उनले खेलाडीलाई मिडियामा नजान र आफू पनि नजाने बताएका थिए । प्रशिक्षक अलमुताइरीले खेलाडीहरुले गरेको पत्रकार सम्मेलनले आफू निकै दुःखी भएको समेत लेखेका छन् ।

महासचिव तुलाधरले भने, ‘प्रशिक्षकले खेलाडीले गल्ती गरेको र उनीहरुलाई कारबाही नगर्नु भन्ने आशयको पत्र लेख्नुभएको छ ।’

अलमुताइरीले आफू राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा काम गर्न इच्छुक रहेको र टोली निर्माणमा आफ्नो अधिकार रहेकाले एसियन कप छनोटका लागि भने क्याम्प छाडेका खेलाडीलाई नराख्ने बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ४ : ०९ बजे