झापा – स्थानीय तह निर्वाचनलक्षित सन्देशमूलक भिडियोको टिकटक बनाएमा निर्वाचन आयोगले पुरस्कार दिने भएको छ । आयोगले निर्वाचनको सन्देशमूलक भिडियोको टिकटक बनाएर ५० लाख दर्शकले हेरेमा ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
आयोगले ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने बताएको छ । तर, त्यस्ता टिकटक आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनुपर्ने शर्त राखिएको छ ।
टिकटक बनाएपछि वैशाख २९ गतेभित्र फेसबुक, युट्युब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्ने छ ।