४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

आईजीपी नियुक्तिका लागि क्याबिनेट बस्दै



काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आइतबारबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।

नेपाल प्रहरी प्रमुखको निम्ति भने चार जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार ००:००  ११ : १५ बजे